The Non-Resident Nepali Association (NRNA) Australia plans to purchase its own office space in Australia. Anil Pokhrel, President of NRNA Australia, has confirmed that the New South Wales government has committed to providing funding soon to support their efforts in securing their own office space - गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अस्ट्रेलियाको आफ्नै कार्यालय स्थल खरिदका लागि न्यु साउथ वेल्स सरकार केही रकम सहयोग गर्न तयार भएको सङ्घका अध्यक्ष अनिल पोख्रेलले जानकारी दिएका छन्। बुधवार छ मार्चमा प्रिमियर क्रिस मिन्सलाई भेटी एनआरएनए अस्ट्रेलियाका प्रतिनिधिहरूले बुझाएको १० बुँदे ज्ञापन पत्रको प्रतिक्रिया स्वरूप ६००,००० डलरको योजना अन्तर्गत सरकारले यसको केही हिस्सामा आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएको पोख्रेलले एसबीएस नेपालीसँगको कुराकानीमा बताएका हुन्। यद्यपि उनले सरकारबाट कति कोषको वाचा गरिएको हो भन्ने बारेमा भने खुलाउन चाहेनन्। यस लगायत ज्ञापन पत्रमा समावेश विद्यार्थी तथा समुदायसँग सम्बन्धित मुद्दामा प्रिमियरबाट पाएको प्रतिक्रियाबारे पोख्रेलसँग गरिएको कुराकानी सुन्नुहोस्।
view more