अस्ट्रेलियामा भर्खरै आएका विशेष गरी नेपाली युवाहरूलाई सामुन्द्रिक पानीमा सुरक्षित रहने बारे सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान दिने तर्फ ध्यान दिइनु पर्ने समुदायका अगुवाहरूले बताएका छन्। 'वाटर सेफ्टी' वा 'बीच सेफ्टी' बारे समुदायको सचेतनालाई लिएर अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशका सामुदायिक संस्थामा आबद्ध व्यक्तिहरूले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।